नेपालमा चौतर्फी सम्वृद्धिको सम्भावना रहेको प्रधानमन्त्रीको भनाइ

49
प्रधानमन्त्री जनतासँग

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्वको तुलनामा विकासका हिसावले धेरै पछि रहे पनि बलियो इतिहास, युवा जनशक्ति र उर्बर भूमिको पर्याप्तताका कारण नेपालले चौतर्फी सम्वृद्धि हासिल गर्न सक्ने प्रश्स्त सम्भावना रहेको बताउनु भएको छ । नेपाल टेलिभिजनमा प्रसारण हुने साप्ताहिक कार्यक्रम जनतासंग प्रधानमन्त्रीमा बोल्दै प्रधानमन्त्रीले सयुक्त राष्ट्रसंघको ७३ औ महासभाको यात्रा विश्व समुदायलाई नेपालको राजनीतिक घटनाक्रम, वर्तमान परिदृश्य र विकासका सम्भावनाबारे जानकारी गराउन उपयोगी भएको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले विश्व समुदायबाट नेपालले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको पनि उल्लेख गर्दै उच्च प्रविधिको आजको समयमा साना साना घटनाक्रमबारे विश्व समुदाय जानकार रहेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here