आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुदै

167

आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ । अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले आज अन्तिम खेलमा सिंगापुरसंग प्रतिस्पर्धा गर्न लागेको हो । क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपाल र सिंगापुरबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । किनकी एसिया छनोट समूह ‘बी’ बाट दोस्रो चरणको छनोटमा पुगिसकेका नेपाल र सिंगापुर बीचको खेल उपाधिको प्रतिस्पर्धा पनि हो ।

५/५ खेल जितेर समान १०/१० अंक जोडेका नेपाल र सिंगापुर जसले आजको खेल जित्छ त्यही टोलीले समुह बिजेता बन्दै ट्रफी उचाल्ने भएका कारण पनि खेल रोमाञ्चक हुने आकलन गरिएको हो । अन्तिम खेलअघि नेपाल सिंगापुरभन्दा नेट रन रेटमा अघि छ । प्रतियोगिताको प्रदर्शन र अघिल्ला नतिजा हेर्दा सिंगापुरविरुद्ध नेपाल बलियो देखिएको छ । पछिल्लो टी-ट्वान्टीको प्रतिस्पर्धामा नेपाललाई सिंगापुरले हराउन सकेको छैन ।

यस छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । १४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् । अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here