सोयुज नाम गरेको रकेट प्रक्षेपणका क्रममा आएको प्राविधिक समस्याबारे छानविन सुरु

55
रुस रकेट अनुसन्धान

रुसले सोयुज नाम गरेको रकेट प्रक्षेपणका क्रममा आएको प्राविधिक समस्याबारे छानविन सुरु गरेको छ । एक जना रसियाली र अर्का अमेरिकी अन्तरिक्ष यात्री लिएर अन्तराष्ट्रिय स्पेस स्टेशनबाट प्रक्षेपण गरिएको केही समयमै समस्या आएपछी रकेटको आकस्मिक अवतरण गराइएको थियो । उक्त दुर्घटनामा रकेट भित्र रहेका दुबै जना अन्तरिक्षयात्रीहरु भने सकुशल रहेको जनाइएको छ । तर आकस्मिक अवतरण संगै स्थगित भएको अन्तरिक्ष कार्यक्रम बारे भने रुसले छानविन सुरु गरेको हो ।

रकेट छ महिने अन्तरिक्ष अभियानका लागि प्रक्षेपण गरिएको थियो । तर प्रक्षेपण भएको केही बेरमै रकेटको पहिलो खण्ड छुट्टिनेक्रममा समस्या आएपछी अन्तरिक्षयात्रि रहेको खण्डको आकस्मिक अवतरण गराइएको थियो । यस्तै किसिमको अभियानमा सन् १९८३ मा रकेट दुर्घटनामा परेपछी रूसले सोयुज रकेट मार्फत अन्तरिक्ष अभियान स्थगित गरेको थियो । पछिल्ला बर्षहरुमा रुसको अन्तरिक्ष अभियानमा विभिन्न समस्या देखिनेक्रम बढ्न थालेको बताइएको छ । सन् २०१० यता मात्रै अन्तरिक्ष अभियानका क्रममा १३ वटा त्यस्तै समस्या देखिएको समाचारमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here