साउदी पत्रकार जमाल खस्शोगीको मृत्यु ।

50

साउदी पत्रकार जमाल खस्शोगीको ईस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा भएको झगडाका क्रममा मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गुप्तचर निकायका उपप्रमुख अहमद अल-अशीरी र साउदी युवराजका वरिष्ठ सहयोगी साउद अल काहतानीलाई सोही विषयलाई लिएर बर्खास्त गरिएको पनि साउदी अरेबियाको सरकारी टेलिभिजनले जनाएको छ । पत्रकार खस्शोगी जीवित नभएको भनेर साउदी अरेबियाले पहिलो पटक स्वीकार गरेको हो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सबै अनुसन्धानलाई सूक्ष्म रुपमा हेर्ने कार्यलाई निरन्तरता दिने बताएको छ । बिवाह सम्बन्धी कागजात लिन साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेका खस्शोगी अक्टोबर २ देखि सम्पर्कबिहीन भएका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here