नेपालमै पहिलो पटक ‘वाटर एटिएम’को नमूना सार्वजनिक

49
वाटर एटीएम पँधेरो

नेपालमै पहिलो पटक ‘वाटर एटिएम’को नमूना सार्वजनिक गरिएको छ । ललितपुरको सैंबु, भैँसेपाटीस्थित खानेपानी व्यवस्थापन बोर्डको परिसरमा हिजो वाटर एटिएमको नमूना प्रदर्शन गरियो । वाटर एटिएमलाई नेपालीमा पधेँरो नामकरण गरिएको छ । एटिएमबाट २ सय मिलिलिटर र एक लिटर पानी पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ । एटिएममा दुई रुपैयाँको सिक्का हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटिएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here