काठमाडौँ उपत्यकामा आजदेखि खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरु

34
खसिबोका बिक्री

काठमाडौँ उपत्यकामा आजदेखि खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरु भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री वितरण सुरु भएको हो । खाद्य संस्थानका अनुसार हिजो साँझसम्म १८० खसी बोका तथा ४ सय च्याङ्ग्रा काठमाडौँ ल्याइसकिएको छ । सरकारले वर्षेनी दशैँका बेला राजधानीमा सहुलियत मूल्यमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको छ । यसैबीच सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य समेत निर्धारण गरेको छ । च्याङ्ग्रा प्रतिकिलो ७१० र खसीबोका प्रतिकिलो ५१० मा बिक्री गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here