कर्णालीका विकट जिल्लाका लागि सुर्खेतबाट खाद्यन्न ढुवानी सुरु

163
कर्णाली चामल ढुवानी

नेपाल खाद्य संस्थान सुर्खेतले दशैँअघि नै कर्णालीका सबै खाद्य डिपोमा चामल ढुवानी गरिसक्ने जनाएको छ । हुम्ला र डोल्पामा हवाई तथा बाँकी जिल्लामा स्थलमार्गबाट संस्थानले सहुलियत दरको चामल ढुवानी गरिरहेको छ । कर्णालीका उच्च पहाडी र हिमाली जिल्लामा दशैँतिहारका बेला खाद्यान्न अभाव हुन नदिन प्रभावकारी ढुवानी व्यवस्थापन मिलाइएको छ । संस्थानका सुर्खेत कार्यालयले असोज मसान्तसम्म कर्णालीका २३ वटै डिपोमा चामल ढुवानी गरिसक्ने जनाएको छ । पछिल्लो पटक संस्थानको सुर्खेत गोदामबाट मुगुका लागि ६ सय क्विन्टल चामल पठाइएको छ । हुम्लाका लागि एक हजारमध्ये ५० क्विन्टल चामल हवाई मार्गबाट सदरमुकाम सिमकोट पुर्यािइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here