जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल्वे निमार्णकार्य अन्तिम चरणमा

117
धनुषा जनकपुर रेल

भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ब्लास्ट सहितको रेल दोस्रो पटक जनकपुर आइपुगेको छ ।रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ‍र्याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् ।

भारत सरकारको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको लिकबाट दोस्रो पटक ५३ र्‍याकसहितको रेल्वे जनकपुर आइपुगेको हो । धनुषाको कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्टेशन भवन र आवास निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किमी दूरी आधा घण्टामा पूरा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here