FIFA_Logo_1050x700

विश्व फुटबलको आधिकारीक निकाय फिफाले फिफा वर्ष खेलाडी अवार्डका लागि मनोनयनको सूची प्रकाशित गरेको छ । फिफाले उत्कृष्ट पुरुष, महिला र उत्कृष्ट प्रशिक्षकका लागि मनोनयन सार्वजनिक गरेको हो । हिजो सार्वजनिक भएको फिफा उत्कृष्ट दशमा क्रिस्टियानो रोनाल्डो र मेसीसँगै विश्वकप विजेता टोली फ्रान्सबाट युवा खेलाडी एमवाप्पे सहित एन्टोनी ग्रिजम्यान र राफायल भाराने परेका छन् ।

यस्तै बेल्जियमका इडेन हाजार्ड, केभिन डी ब्रुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रीच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन् । तर फिफाको उत्कृष्ट दशमा यसपटक ब्राजिलका कोही पनि खेलाडी परेका छैनन । यस्तै फिफाले बर्ष महिला खेलाडीको मनोनयनमा परेका खेलाडिहरुको नाम पनि सार्वजनिक गरेको छ ।

फिफाको उत्कृष्ट दशमा ब्राजिलका कोही पनि खेलाडी परेनन्

यसैगरी फिफाले वर्ष प्रशिक्षकका लागि विश्व बिजेता फ्रान्सका प्रशिक्षक सहित रुस, क्रोएसिया र म्यानचेस्टर सिटीका प्रशिक्षक लगाएत १० जनाको नाम प्रकाशित गरेको छ । फिफा बर्ष महिला प्रशिक्षकमा भने चेल्सी,उल्फबर्ग, पोर्टल्याण्ड, अष्ट्रेलियन र जापानिज प्रशिक्षक  परेका छन् । फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्नेछ । गत बर्षको जुलाई ३ बाट यो वर्षको जुलाई १५ सम्म खेलाडीले क्लब र राष्ट्रको लागि खेल्दा गरेको प्रदर्शनको आधारमा २५ खेलाडी मनोनयन गरेको फिफाले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here