साफ अण्डर यु–१५ फुटवल आजबाट काठमाण्डौमा सुरु हुदै

82
एफसि यु-१५

दक्षिण एसियाली फुटबल महासंघ साफको उमेर समुहको प्रतियोगिता यु–१५ च्याम्पियनसिपको चौथो संस्करण आजबाट सुरु हुदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तानले खेल्दैछन् । आजै दिउँसो ३ बजे हुने अर्को खेलमा आयोजक नेपालले माल्दिभ्स विरुद्ध खेल्नेछ । समुह ए मा रहेको नेपालको टोलीमा बंगलादेश र माल्दिभ्स छन् । अर्को समुहमा भारत, भुटान र पाकिस्तान छन् । प्रतियोगिता अन्तरगत भोली पाकिस्तान र भुटानले बिहान साढे १० बजे र माल्दिभ्स र बंगलादेशले साढे २ बजे प्रतिस्पर्धा गर्नेछन् । यसैगरी पर्सि शनिबार बिहान साढे १० बजे भुटान र भारत तथा दिउँसो साढे २ बजे नेपाल र बंगलादेशले खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here