फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७औँ, माल्दिभ्स १५१, भूटान १८८औं स्थानमा रहँदा बङ्गलादेश १९४औं, पाकिस्तान १९९औँ र श्रीलङ्का २०१औं स्थानमा रहेका छन् । विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा अटाएको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएशिया चौँथो र इङ्ल्याण्ड पाँचौँ, छैटौँमा उरुग्वे, सातौँमा पोर्चुगल, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा स्पेन र दशौँमा डेनमार्क रहेका छन् ।
Latest article
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित विशेष समारोहबीच प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो कार्यक्रम शुभारम्भ गर्नुभयो ।...
विश्व रेडियो दिवस आज मनाईंदैछ
विश्व रेडियो दिवस आज मनाईंदैछ । विश्व रेडियो दिवसको यो वर्षको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । संयुक्त...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको छ । संघीय सरकारलाई बजेट उपलब्ध गराउन सांसदहरु...