पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा शुरु हुँदै

144
पोखरा प्रिमिएर लिग

सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा शुरु हुँदैछ । पोखरा क्रिकेट मैदानमा हुने आजको उद्घाटन खेलमा शरद भेषावकर नेतृत्वको पोखरा पल्टन र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटेन्सले प्रतिस्पर्धा गर्नेछन् । कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा पोखरा पल्टन र विराटनगर टाइटन्स सहित बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुज गरी ६ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here