अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदै

121
आइसिसी विश्वकप ट्रफी नेपालमा

इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्त रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदैछ । दुबईबाट शुरु भएको एक सय दिने विश्व भ्रमणका क्रममा विश्वकप ट्रफीलाइ बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा लगेर प्रदर्शनीमा राखिने छ । आजबाट शुरुहुने पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल) का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो । पर्सी आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिनुभयो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here