नेपाल क्रिकेट संघद्वारा राष्ट्रिय खेलकुद परिषद विरुद्ध दायर गरेको मुद्दा फिर्ता लिने निर्णय

100
क्यान बैठक

नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषदलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । निलम्बित क्यानको हिजो बसेको कार्यसमिति बैठकले मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित क्यानले परिषद विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको थियो । बैठकले क्यान निलम्बन फुकुवाका लागि सबै पक्षसँग छलफल तथा समन्वय गर्नका लागि पाँच सदस्यीय अधिकार सम्पन्न समिति पनि बनाएको छ । राष्ट्रिय खेलकुद परिषदले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here