नेपाल एएफसी अण्डर १९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश

107
एएफसी यू-19 दोश्रो चरण

नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । थाइल्याण्डमा हिजो भएको पहिलो समूहको अन्तिम खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० गोलअन्तरले पराजित गरेपनि नेपाल हेड टु हेडका आधारमा दोस्रो चरणको छनोट प्रवेश गरेको हो । हिजै भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो । नेपालले पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको हो । पहिलो सहभागितामा नै नेपाली टोलीले ऐतिहासिक नतिजा प्राप्त गरेको हो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने छनोट चरण पार गर्नुपर्नेछ । च्याम्पियनसिप छनोटमा विभिन्न छ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here