श्रीलंकामा राजनीतिक द्वन्द्व बढ्दै

93
श्रीलंका गोलीकाण्ड

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीलाइ बर्खास्त गरी संसद भंग गर्दै नयाँ प्रधानमन्त्री नियुक्ति गरेपछी त्यहाँ राजनितिक द्वन्द्व बढेको छ ।प्रधानमन्त्रीमा पुर्व राष्ट्रपति महिन्दा राजपाक्षको नियुक्ति गैरसंवैधानिक भएको भन्दै प्रतिपक्षी दलहरुले विरोध गरिरहेका छन् । तर राष्ट्रपति सिरिसेनाले भने प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाइ उनकै आचरणका कारण अपदस्त गर्न बाध्य भएको बताउनु भएको छ । त्यहाँको राष्ट्रिय टेलिभिजन च्यानलमा सम्वोधन गर्दै राष्ट्रपति सिरिसेनाले आफूले विगत तिन बर्षसम्म विक्रमासिंगेलाइ झेलेको भन्दै नयाँ कदम बाध्यकारी भएको बताउनुभएको छ ।

तर बर्खास्त गरिनुभएका विक्रमासिंगेले भने आफू अझै प्रधानमन्त्रीनै रहेको भन्दै सरकारी निवास नछोड्ने बताउनुभएको छ । यसैबीच पुर्व सरकारका तेलमन्त्री अर्जुन रनतुङ्गाले जवरजस्ती कार्यालय छिर्ने कोसिश गर्दा भएको झडपमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मन्त्रीलाइ कार्यालय छिर्न नदिन प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथी मन्त्रीका अंग रक्षकले गोली चलाउदा एक जनाको मृत्यु भयो भने तीन जना घाइते भए । मन्त्रीलाइ भने सुरक्षाकर्मीहरुले सुरक्षित स्थानमा लगेर बचाएका छन् । राष्ट्रपति सिरिसेनाले गत शुक्रवार प्रधामन्त्रीलाइ बर्खास्त गरी राजपाक्षलाइ नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here