कास्कीका बिभिन्न क्षेत्रमा डेंगु रोगका बिरामी

241
कास्की डेङ्गु

कास्कीका बिभिन्न क्षेत्रमा डेंगु रोगका बिरामी भेटिएका छन् । डेंगुका बिरामी अझै बढ्न सक्ने भन्दै जनस्वास्थ कार्यालयले सबैलाइ सचेत रहन आग्रह गरेको छ । पोखराका बिभिन्न अस्पताल पुगेका बिरामी मध्य ३५ जनामा डेंगुको लक्षण भेटिएको जनस्वास्थ कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक यम बरालले जानकारी दिनु भयो । तर हरेकदिन करीब १५ सय बिरामी आउने पश्चिमाञ्चल स्वास्थ बिज्ञान प्रतिष्ठानमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मि नहुँदा भने बिरामीहरु मर्कामा परेका छन । स्विकृत ५ सय सैंयाको स्वास्थ बिज्ञान प्रतिष्ठानमा ३ सय जनाको दरबन्दी भएपनि २७ जना स्वास्थकर्मि अझैं आएका छैनन् । दक्ष जनशक्ती पनि बिभिन्न वहानामा अन्यत्रै काज मिलाउने र काममा नआउँदा उपचारमा कठिनाई भैरहेको पश्चिमाञ्चल स्वास्थ बिज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here