प्रदेश २ को नामाङ्कनका लागि आयोग गठन

100
प्रदेश नं २

प्रदेश नं २ को राजधानी र नामाङ्कनको विषयमा सुझाव सङ्कलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ । प्रदेश नं २ मन्त्रिपरिषद्को हिजो बसेको बैठकले नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो । समितिका सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन् । सो आयोगलाई ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो । स्थायी राजधानीको विषयमा दलहरुबीच खासै विवाद नदेखिए पनि नामाङ्कनका विषयमा मतभिन्ता देखिएको छ । सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालले प्रदेशको नाम ‘मधेश’ तथा विपक्षी दलहरु नेकपा र काङ्ग्रेसलगायतले मिथिला, ‘मिथिला भोजपुरा’ हुनुपर्ने धारणा राख्दै आएका छन् । आयोगले प्रदेशको राजधानी र नामाङ्कनको विषयमा विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति र सङ्घसंस्था संग छलफल गरी प्रदेश सरकारलाइ सुझाव दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here