चाडपर्वका कारण स्थगित शहीद स्मारक ‘ए’ डिभिजन लिग मङ्सिर १ गते देखि शुरु हुने

79
ए डिभिजन खेल तालिका

अखिल नेपाल फुटबल सङ्घ एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक गरेको छ । गत असोज १३ गते शुरु भएको लिग चाडपर्वका कारण स्थगित भएको छ । स्थगित लिगका खेलहरु मङ्सिर १ गतेदेखि पुनः शुरु गर्नेगरी एन्फाले खेल तालिका सार्वजनिक गरेको हो । यसअघि लिगका पहिलो चरणका खेल सम्पन्न भइसकेका छन् । पहिलो चरणको खेल सकिँदासम्म मनाङ मस्र्याङदी, सङ्कटा, थ्रीस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै ३-३ अङ्क जोडेका छन् । त्रिभुनव आर्मी, सशस्त्र प्रहरीको एपिएफ, च्यासल, मछिन्द्र, न्युरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै १-१ अङ्क जोडेका छन् । त्यसैगरी जावलाखेल, सरस्वति, फ्रेन्ड्स र ब्रिगेड ब्वाइजले हार बेहोर्दै अङ्कविहीन छन् । मङ्सिर १ गतेदेखि शुरु हुने लिगको दोस्रो चरणको पहिलो खेलमा सिग्नेचर मनाङ मस्र्याङ्दी र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि शुरु हुनेछ । लिगमा १४ वटा ’ए’ डिभिजन क्लबहरूले सहभागिता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here