इन्डोनेशियामा बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना

63
लायन एयर दूर्घटना अपडेट

इन्डोनेशियामा हिजो दुर्घटना भएको बोइङ ७३७ म्याक्स ८ विमानमा एक दिन अघीमात्र पनि समस्या आएको तथ्य बाहिर आएको छ । दुर्घटनाको एक दिन अघी अस्ति बालीबाट जकार्ताका लागि उडान भर्न तयार रहेको विमानका केही साधनहरुले काम नगरेको प्राविधिक जाँच प्रतिवेदनमा उल्लेख भएको छ । विमानको गती देखाउने र उचाइको मापन गर्ने यन्त्रहरूले प्रभावकारी रुपमा काम नगरेको प्रतिवेदनमा उल्लेख थियो । तर समस्या समाधान भएको भन्दै विमान उडाइएको थियो । १८९ जना यात्रु बोकेर उडेको सोही विमान हिजो दुर्घटनामा परेको हो । इन्डोनेशियाको राजधानी जकार्तास्थित विमानस्थलबाट उडेको केही मिनेट पछि नै विमानस्थलको नियन्त्रण कक्षसंग विमानको सम्पर्क टुटेको थियो । यसैबीच प्राविधिकहरुले वोइङ कम्पनिले परिमार्जन सहित हालै निर्माण गरेको ७३७ म्याक्स ८ नयाँ विमान भएको र त्यसरी दुर्घटना हुन नपर्ने बताएका छन् । दुर्घटनाको कारण अझै थाहा नभएपनि उक्त किसिमको विमानको हाल सम्मकै पहिलो ठूलो दुर्घटना कसरी भयो भन्ने बारेमा भने धेरैले चासो व्यक्त गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here