मेक्सिको हुदै अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासिहरुलाई रोक्न अमेरिकाले सेना परिचालन गर्दै

103
अमेरिका मेक्सिको सीमा सेना

अमेरिकाले गैरकानुनी आप्रवासिहरुको प्रवेश रोक्नका लागि मेक्सिको संगको सिमामा ५ हजार भन्दा बढी सेना परिचालन गर्न लागेको छ । मध्य अमेरिकी मुलुकहरुबाट हजारौंको संख्यामा आप्रवासीहरु गैर कानुनीरुपमा मेक्सिको हुदै अमेरिका छिर्नेक्रम नरोकिएपछी पेन्टागनले ५ हजार २ सय सैनिक सिमा नाकामा तैनाथ गर्न लागेको हो । यस अघी नै अमेरिकाले सिमा नाकामा २ हजार १ सय राष्ट्रिय सुरक्षाका सदस्य राखिसकेको छ । हालै मात्र ग्वाटेमाला, होन्डुरस, एल सेल्भाडोर लगायत देशहरुबाट आश्रय र रोजगारीको खोजीमा अमेरिका प्रवेश गर्नकै लागि हजारौं आप्रवासीहरु मेक्सिकोको सिमामा पुगेका छन् । उनीहरु अमेरिकी सिमातर्फ आउने संभावनालाइ ध्यान दिदै पेन्टागनले सेना परिचालन गर्न लागेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी रुपमा आप्रवासीहरुलाइ अमेरिका प्रवेशमा रोक लगाउने र उनीहरुले जवरजस्ती गरे सबै सहयोग कटौती गर्ने चेतावनी दिदै आउनु भएको छ । आप्रवासीहरुको प्रवेश रोक्न उहाँले गर्नुभएको आग्रह पछी मेक्सिकोले बैधानिक दर्ताका लागि निवेदन दिन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here