साफ अण्डर-15 का सेमिफाइनल खेलहरु आज

96
साफ यू-15 सेमिफाइनल

साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका दुवै खेल आज हुँदैछन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’को विजेता बङ्गलादेश र समूह ‘बी’को उपविजेता भारतले प्रतिस्पर्धा गर्दैछन् । भारत र बंगलादेशबीचको खेल बिहान साढे दश बजे हुनेछ । यसैगरी प्रतियोगिता अन्तर्गतको दोस्रो सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता पाकिस्तानको सामना गर्दैछ । खेल अपराह्न साढे २ बजे हुनेछ । समूह चरणमा एक हार र एक जीत निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । सन् २०१३ देखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here