साउदी पत्रकार लेखक जमाल खसोग्गीको दूतावास प्रवेश गरे लगत्तै हत्या गरिएको टर्कीको भनाइ

67
टर्की खस्सोगी

टर्की स्थित साउदी अरेवियाको महावाणिज्य दूतावासबाट वेपत्ता पारिएका साउदी पत्रकार लेखक जमाल खसोग्गीको दूतावास प्रवेश गरे लगत्तै हत्या गरिएको टर्कीले बताएको छ । खसोग्गीका सम्वन्धमा पहिलो पटक आधिकारीक धारणा सार्वजनिक गर्दै टर्कीले उनको हत्या भएको बताएको हो । यद्यपी टर्की आफ्नो भनाइलाइ पुष्टि गर्ने आधारहरु भने सार्वजनिक गरेको छैन । यस अघी नै साउदी अधिकारीहरुको संलग्नतामा खसोग्गीको हत्या दूतावास भित्रै भएको समाचार आइसकेका छन् । उनको हत्यामा साउदी राजकुमारको समेत संलग्नता रहेको अनुमान गरिएको छ । तर साउदी अरेवियाले खसोग्गीको मृत्यु गुप्तचरहरु संगको विवादका क्रममा भएको बताइएको छ । टर्कीले भने पुर्व नियोजित योना अनुरुप नै खसोग्गीको हत्या दूतावास परिसर भित्र छिरे लगत्तै भएको बताएको हो । हत्या पछी पुर्व योजना अनुरुपनै उनको शवको व्यवस्थापन गरिएको पनि टर्कीले दावी गरेको छ । टर्कीको यस भनाइप्रति साउदी सरकारका अधिकारीहरुले भने हालसम्म कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here