भारतको गुजरातमा विश्वकै अग्लो शालिक निर्माण

69
भारत अग्लो शालिक

भारतको गुजरात राज्यमा विश्वकै सबैभन्दा अग्लो शालिकको निर्माण गरिएको छ । भारतका स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको स्मृतिमा निर्माण गरिएको उक्त स्मारक शालिकको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनावरण गर्नुभएको छ । चार बर्ष भन्दा बढी समय लगाएर निर्माण गरिएको स्मारकको उचाई ६०० फिट रहेको बताइएको छ । स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । स्मारक अनावरणका लागि आयोजित भव्य समारोहमा पुग्नु भएका प्रधानमन्त्री मोदीको भने स्थानीयले विरोध गरेका थिए ।

‘स्ट्याचु अफ युनिटी’ अर्थात एकताको स्मारक नाम दिइएको सो स्मारक निर्माण गर्न सरकारले धेरै जग्गा लिए पनि क्षतिपूर्ती नदिएको आरोप स्थानीयको छ । यसैगरी उनीहरुले जनताका समस्या थाँती राखेर अर्बै रुपैयाको लगानीमा शालिक बनाउनु फजुल र अनुत्पादक खर्च भएको भन्दै सरकारको आलोचना पनि गर्दै आएका छन् । स्थानीयले विभिन्न सङ्घर्ष समिति बनाएर प्रधानमन्त्री मोदीलाई उक्त स्मारकको अनावरणमा नआउन भनेका थिए । तर स्थानीयको विरोधकै बीच सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सैनिक बिमानहरुबाट पुष्पबृष्टी गर्दै स्मारकको अनावरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here