यो वर्षको भाइटीकाको उतम साइत सार्वजनिक

647
तिहार साइत सार्वजनिक

यस वर्षको भाइटीकाको साइत यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसवर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । कात्तिक १९ गते काग तिहार तथा आयुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती पनि मनाइन्छ । कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । कात्तिक २१ गते लक्ष्मीपूजा गरिन्छ । यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कात्तिक २२ गते बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । कात्तिक २३ गते भाइटीका परेको छ । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here