पोखरा प्रिमियर लिगमा आज पोखरा पल्टन र धनगढी ब्लुज तथा बुटबल ब्लास्टर र काठमाण्डौं रोयल्स बीच खेल हुदै

55
कास्की पोखरा प्रिमियर लिग

पोखरामा जारी नमस्ते पोखरा प्रिमियम लिग ट्वान्टी ट्वान्टी अन्तर्गत हिजो भएका खेलमा चीतवन राइनोज र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन । पोखरा रंगशालामा भएको पहिलो खेलमा चितवन राइनोजले काठमाण्डौं रोयल्सलाइ १३ रनले पराजित गर्योक । चितवनले दिएको १ सय ५० रनको लक्ष पछ्याएको काठमाण्डौं २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ३६ रनमै रोकियो । टस हारी ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर खेली ५ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । यो जितसंगै चीतवनले ४ खेलबाट ४ अंक जोडेको छ ।

प्रतियोगितामा पहिलो पराजय ब्योहरेको काठमाण्डौंले ३ खेलबाट ४ अंक जोडेको छ । यस्तै हिजै भएको दोस्रो खेलमा धनगढीले बुटवल ब्लास्टर्सलाइ २० रनले पराजित गर्यो । जारी प्रतियोगितामा धनगढीको यो दोस्रो जित हो । १ सय ६२ रनको लक्ष पछ्याएको बुटबलले पुरै २० ओभर खेली ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले ४ विकेटको क्षतीमा १ सय ६१ रन बनाएको थियो । जितसंगै धनगढीले ४ खेलबाट ४ अंक जोडी प्लेअफको संभावनालाइ कायमै राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here