गुगलका कर्मचारीहरुले विश्वव्यापी रुपमै विरोध सुरु

62
गुगल कर्मचारी बिरोध

महिला कर्मचारीहरू माथी कम्पनीले गर्ने व्यवहारमा परिवर्तनको माग राख्दै गुगलका कर्मचारीहरुले विश्वव्यापी रुपमै विरोध सुरु गरेका छन् । कम्पनीमा महिला कर्मचारी माथी भइरहेको विभेद र यौन शोषणको सुनुवाइ नभएको भन्दै कम्पनीका एशिया, युरोप र अमेरिकामा रहेका कार्यालयमा काम गर्ने कर्मचारीहरुले काम रोकेर विरोध गरेका हुन् । यस अघी नै गुगलका कर्मचारीहरुले त्यस्ता घटनामा संलग्नलाइ गर्ने कार्वाहीको महिलामैत्री नीति निर्माणका लागि व्यवस्थापनलाइ आग्रह गर्दै आएका थिए । तर सुनुवाइ नभएपछी कर्मचारीहरुले विरोध सुरु गरेका हुन् । प्रविधीको क्षेत्रमा विश्वकै एक नम्बरको कम्पनी बनिरहेको गुगलमा पछिल्लो समय महिला माथी हुने विभेद र कार्यस्थलमा यौन शोषणको घटना बढ्दै गएको समाचार आइरहेका छन् । दोषिहरुलाइ कार्वाही गर्नुको साटो पुरस्कृत गर्ने गरेको आरोप पनि गुगललाइ लागेको छ । विगत दुइ बर्षको अन्तरालमा यौन दुराचारको आरोपमा १३ जना उच्च व्यवस्थापन तहका कर्मचारी सहित ४८ जनालाइ बर्खास्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here