व्यापार कम्पनीको रहस्य चोरी गरेको आरोपमा अमेरिकाद्वारा दुइ चीनियाँ कम्पनी विरुद्ध मुद्दा दर्ता

65
चीन अमेरिका ब्यापार

अमेरिकाले आफ्ना केही कम्पनीहरुको व्यापार रहस्य चोरी गरेको आरोप चीनमाथि लगाएको छ । अमेरिकाको न्याय मन्त्रालयले चीन र ताइवानमा रहेका दुइ कम्पनी र तीन जना व्यक्तिहरुले अमेरिकी कम्पनीको व्यापार रहस्य चोरी गरेको आरोप लगाएको हो । मन्त्रालयले दुइ वटा कम्पनीका विरुद्धमा अदालतमा मुद्दा नै दर्ता गराएको छ । विगत दुइ महिनाको अवधिमा अमरेकाले चिनिया कम्पनी र व्यक्ति विरुद्ध चौथो पटक त्यस्तो आरोप लगाएको हो । अमेरिकी महान्यायाधिवक्ताले अमेरिकाको व्यापारमा चीनीया जासूसी बढ्दै गहिरहेको प्रतिक्रिया पनि दिनुभएको छ । राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएर आएदेखि नै दुइ देशका बीच शुल्क बृद्धीको विषयलाइ लिएर व्यापार तनाव देखिदै आएको छ । अमेरिकाको पछिल्लो व्यवहारले विश्वकै दुइ ठूला अर्थतन्त्र भएका मुलुक बीच नयाँ व्यापारिक तनाव उत्पन्न हुनसक्ने चिन्ता पनि व्यक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here