कतारको औपचारिक भ्रमण गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

71
राष्ट्रपति स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमण पूरा गरी हिजो स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारीलाइ उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । राष्ट्रपतिको स्वागतका लागि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रीहरु विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी गत सोमबार कतार भ्रमणमा जानुभएको थियो । कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिरलगायत सरकारी उच्च अधिकारीले भेटवार्ता गर्नुभएको थियो । उहाँले कतारका विभिन्न स्थान र सम्पदाको भ्रमणसमेत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीको कतार भ्रमण उपलब्धिमूलक भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here