टेनिसमा विश्वकै एक नम्बर खेलाडी रोजर फेडेररलाई हराउँदै पेरिस मास्टर्सको फाईनलमा प्रवेश

77
पेरिस मास्टर्स जोकोभिच फाइनलमा

टेनिसमा विश्वकै एक नम्बरमा खेलाडी नोभाक जोकोभिच रोजर फेडेररलाई हराउँदै पेरिस मास्टर्सको फाईनलमा प्रवेश गरेका छन् । ३ घण्टा २ मिनेटसम्म लगातार चलेको निकै प्रतिस्पर्धात्मक खेलमा जोकोविचले ७–६, ५–७, ७–६, र ७–३ को नतिजा निकाल्दै फाइनलको यात्रा तय गरेका हुन । जोकोभिचले अब उपाधिका लागि आज करेन खाचानोभसंग प्रतिस्पर्धा गर्नेछन् । चार पटक पेरिस मास्टर्सको उपाधि जितिसकेका जोकोभिच पछिल्ला २२ खेलमा अपराजित छन् । आजको खेलमा जित निकाले उनले राफेल नाडालले बनाएको ३३ औ मास्टर्स उपाधि जित्ने किर्तिमानको बराबरी गर्नेछन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here