पोखरा प्रिमियर लिगमा घरेलु टोली पोखरा पल्टन फाइनलमा प्रवेश

67
कास्की पीपीएल

पोखरा पल्टन पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टि-ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हिजो पहिलो चरणका सबै खेल सकिँदा अंक तालिकाको शीर्ष स्थानमा रहँदै पोखरा सिधै फाइनल प्रवेश गरेको हो । हिजो भएको अन्तिम खेलमा पोखराले काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेको थियो । पहिलो चरणको खेल सकिँदा पोखराले ३ खेलमा जित हासिल गर्दै ६ अंक जोडेको छ । नेट रनरेटमा सबैभन्दा अगाडि भएको आधारमा ऊ सिधै फाइनल प्रवेश गरेको हो ।

त्यस्तै समान ३/३ खेल खेलेको चितवन राइनोज र काठमाडौं रोयल्सले भने फाइनल प्रवेशका लागि प्लेअफ खेल्नुपर्ने भएको छ । नेट रनरेटमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा छ । पीपीएलमा शीर्ष टोलीले सिधै फाइनल खेल्ने र दोस्रो तथा तेस्रो टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नुपर्ने नियम छ । कुल ६ वटा क्लब रहेको पीपीएलमा विराटनगर टाइटन्स भने १ खेलमा मात्र जित हासिल गर्दै २ अंकका साथ अंकतालिकाको पुछारमा रह्यो । त्यस्तै एक्सपर्ट धनगढीले ३ र बुटवल ब्लास्टर्सले २ खेलमा जित हासिल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here