इन्डोनेसियाको दुर्घटनाग्रष्त यात्रुबाहक विमानको मध्य भाग फेला

67
इन्डोनेशिया बिमान फेला

इन्डोनेसियाको दुर्घटनाग्रष्त यात्रुबाहक विमानको मध्य भाग फेला परेको छ । लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमानको खोजीमा सम्लग्न गोताखोरको समूहले दुर्घटनाग्रस्त विमानको मध्य भाग अर्थात् यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको हो । विमान दुर्घटना भएको छैटौं दिनमा विमानको सो भाग भेटिएको हो । तर सो भागलाई पानी बाहिर ल्याइ नसकिएको उद्धारकर्ताहरुले बताएका छन् । विमानको सो भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको तर पानीको तीब्र बहावका कारण पानीबाहिर ल्याउन नसकिएको जनाइएको छ । उद्धारकर्मीका अनुसार हालसम्म विमानका दुबै इन्जिन, ल्यान्डिङ गेयर र यात्रुहरू रहने मध्यभाग भेटिएको छ । गत सोमबार बिहान उडेलगत्तै बिमान दुर्घटनाग्रस्त भएको थियो । जहाजमा चालक दलका सदस्यसहित १ सय ८८ जना यात्रु रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here