इयुको सदस्यता परित्याग गर्ने विषयमा पुन: जनमत बुझ्न सरकारसंग बेलायती उद्योगी व्यवसायीहरुको आग्रह

178
बेलायत ब्रेक्जिट बहस

युरोपियन युनियनको सदस्यबाट बेलायतको बहिर्गमनका विषयमा पुन: जनमत बुझ्नुपर्ने राय सहित बेलायतका ७० भन्दा बढी उद्योगी व्यवसायीहरुले संयुक्त अपिल गरेका छन् । युरोपियन युनियनबाट बाहिरिए पछी त्यसको असरले समग्र बेलायती अर्थतन्त्र नै मुस्किलमा पर्ने भन्दै व्यवसायिक नेतृत्वले त्यस विषयमा एक पटक पुन: जनमत बुझ्न सुझाव दिएका हुन । इयुबाट बहिर्गमनका सम्वन्धमा सन् २०१६ मा भएको जनमत संग्रहमा बाहिरिने पक्षमा बहुमत प्राप्त भएको छ । जनमत अनुरुपनै बेलायतले आगामी बर्षको मे महिनामा इयुको सदस्यता औपचारिक रुपमै परित्याग गर्दै छ । तर युरोपका मुलुकहरुको साझा फोरम इयुबाट बाहिरिएपछी त्यसले अर्थतन्त्रमा पार्न सक्ने असरलाइ लिएर युरोपभरीनै गम्भिर बहसहरु भइरहेका छन् । बेलायतकी प्रधानमन्त्री टेरेजा मे ले भने पुन: जनमत संग्रहको संभावना नरहेको बताउदै आउनु भएको छ । तर उद्योगी व्यवसायीहरुले भने हस्ताक्षर सहितको पत्रमा निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here