इटालीको दक्षिणी शहर सिसिलीमा आँधी एकै परिवारका नौ जनासहित १२ जनाको मृत्यु

69
इटली आँधी

इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौ जनासहित १२ जनाको मृत्यु भएको छ । बाढीका कारण मृत्यु भएका एकै परिवारका नौ जनालाई पानीले डुबाएको घरभित्रबाट निकालिएको थियो भने अन्य तीन जनालाई नजिकैको एउटा नदी किनारबाट उद्धार गरिएको थियो । न्यूज एजेन्सीका अनुसार डुबानमा परेको घरका तीन सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका बताइएको छ । यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको अधिकारीहरूले बताएका छन् । इटालीका विभिन्न छ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरूलाई भनेको छ । आँधीका कारण सिसिलीमा धेरै सडक अबरुद्ध भएका छन् । नगरका मेयरले विद्यालय, पार्क र भूमिगत सडक मार्ग बन्द गर्न निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here