अमेरिकामा कंग्रेस र सिनेट सदस्यहरुको चयनका लागी भोली मध्यावधी निर्वाचन हुदै

71
अमेरिका मध्याबधी निर्बाचन

अमेरिकामा कंग्रेस र सिनेट सदस्यहरुको चयनका लागी भोली मध्यावधी निर्वाचन हुदै छ । निर्वाचन लक्षित प्रचार प्रसार सकिएर मौन अवधी शुरु हुनु अघी सार्वजनिक भएका पूर्व आँकलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपव्लिकन दल माथी डेमोक्रयाटहरुले जीत हासिल गर्ने अनुमान गरिएको छ । आठ बर्ष देखि कंग्रेस र सिनेटमा बहुमत हासिल गरेको रिपव्लिकन दल माथी डेमोक्रयाटको हावी हुने प्रक्षेपण पनि गरिएको छ । प्रि-पुल सर्भेमा रिपव्लिकन दलले सिनेटमा बहुमत ल्याउने देखिएको छ भने कंग्रेसमा डेमोक्रयाट अगाडी हुने देखिएको छ । शहरी क्षेत्र जहाँ अन्य मुलुकहरुबाट आएर स्थायी बसोवास गर्नेहरुको बाहुल्यता रहेको छ ती क्षेत्रहरुमा डेमोक्रयाटिक दलको पकड देखिएको छ भने ग्रामिण क्षेत्रहरुमा राषं६रपति ट्रम्पको समर्थन बलियो देखिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो दल रिपव्लिकनले बहुमत ल्याउने विश्वास व्यक्त गर्नु भएको छ । चुनावी प्रचारका क्रममा अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता र धार्मिक स्वतन्त्रता हिंस्रक व्यक्तिहरुबाट असुरक्षित रहेको भन्दै राष्ट्रपति ट्रम्पले यो निर्वाचन एक प्रकारको जनमत संग्रह भएको बताउनुभएको छ । उता डमोक्रयाट नेताहरुले भने निर्वाचन ट्रम्प विरुद्धको परीक्षा भएको भन्दै रिपव्लिकनमाथी जीत हासिल गर्ने दावी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here