सामान ढुवानीका लागी प्रयोग हुने खच्चड लमजुङमा पछिल्लो समय हराउदै

60
लम्जुङ खच्चड

सामान ढुवानीका लागी प्रयोग हुने खच्चड लमजुङमा पछिल्लो समय हराउदै गएको छ । जिल्लाका अधिकाँश ग्रामिण भेगसम्म सडक सञ्जाल पुगेपछि खच्चडको व्यवसाय विस्थापित हुन पुगेको हो । ग्रामिण भेगमा खाद्यान्न देखि अन्य प्रायोजनका सामाग्री बोक्नका लागि खच्चडको प्रयोग गरिन्थ्यो । तर पछिल्लो समय ग्रामिण भेगहरुमा पनि सडक सञ्जाल जोडिएपछि सवै सामाग्री सवारी साधनबाटनै ढुवानी हुन थालेको छ । विगतमा लम्जुङमा करिब २ हजारको संख्यामा खच्चड रहेपनि अहिले एक सयको हाराहारीमा झरेको व्यवसायीहरु बताउँछन् । हिजो आज लमजुङको उच्च पहाडी क्षेत्रका केही ठाउँमा मात्र ढुवानीका लागि खच्चडको प्रयोग भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here