वाम बुद्धिजिवी एवं मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको आज अन्त्यष्टी गरिने

82
पद्मरत्न तुलाधर निधन

वाम बुद्धिजिवी एवं मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको आज अन्त्यष्टी गरिने भएको छ । उहाँको काठमाडौको शोभा भगवतीमा अन्तिम संस्कार गरिने छ । अन्त्यष्टी अघि लाजिम्पाटस्थित निवासबाट तुलाधरको शवयात्रा गरिने कार्यक्रम छ । यसैगरी अहिले बिहानबाटनै तुलाधरको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली अर्पण गर्ने क्रम सुरु भएको छ । उहाँको ७७ वर्षको उमेरमा हिजो काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको मस्तिष्काघातबाट निधन भएको हो । 

जनपक्षीय उम्मेदवार बनेर ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित तुलाधर ०५१ सालमा एमालेको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री हुनुभएको थियो । तत्कालीन नेकपा माओवादीलाई शान्ति वार्तामा ल्याउने सहजकर्ताको भूमिका निर्वाह गर्नुभएका तुलाधर लोकतान्त्रिक बामपन्थि आन्दोलनका अगुवा र मानवअधिकारका क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ । 
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पुर्‍याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ । प्रधानमन्त्रीले ट्वीटरबाट श्रद्धान्जली व्यक्त गर्दै तुलाधरको निधनबाट आफू अत्यन्तै दुःखी भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले दिवङ्गत तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा समवेदनासमेत व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here