पोखरा प्रिमियर लिग पीपीएलको फाइनलमा आज पोखरा पल्टन र चितवन राइनोज खेल्दै

121
पीपीएल फाइनल

नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज चितवन राइनोज र घरेलु टोली पोखरा पल्टनले प्रतिस्पर्धा गर्दैछन् । खेल पोखरा रंगशालामा बिहान ११ बजे सुरु हुने फाइनल प्रतियोगितामा जित निकाल्दै उपाधी आफ्नो बनाउने लक्ष दुबै टोलीले राखेका छन् । चितवन टाइगर्स पारस खड्काको कप्तानीमा खेल्दै छ भने पोखरा पल्टनको कप्तानी शरद भेषवाकरले सम्हालीरहेका छन् । प्रतियोगिताको समूह चरणको दुई खेलमा राम्रो प्रदर्शन गर्न नसकेपनि चितवनले लगातार जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । चितवनले आइतबार फाइनल प्रवेशको लागि भएको प्ले अफ खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो । यसैगरी पोखरा पल्टन अंक तालिकामा शिर्ष स्थानमा रहदै सिधै फाइनल पुगेको हो । पहिलो संस्करणको लिग प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमले खेलेका थिए । प्रतियोगिताको विजेताले २७ लाख रुपैया नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here