सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीश अभाव

64
सर्वोच्च अदालत कर्मचारी अभाव

सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको छ । पहिलेभन्दा दोब्बर बढी मुद्दा पर्ने र नयाँ संहिताअनुसार कार्य सम्पादन गर्नुपर्ने भएको हुँदा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको हो । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र गोपालप्रसाद पराजुलीको पदावधि सकिएपछि थप न्यायाधीश नियुक्त हुन सकेका छैन । संविधानमा २१ जना न्यायाधीश हुने उल्लेख भए पनि अहिले १९ जना न्यायाधीश रहेका छन् । सर्वोच्चका सहरजिष्ट्रार लालबहादुर कुँवरले अदालतमा नयाँ मुलुकी फौजदारी र देवानी संहिता ऐनअनुसार न्यायाधीश र कर्मचारी अभावले न्याय सम्पादनमा प्रभावित बनेको बताउनुभयो । कुँवरका अनुसार कर्मचारी सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण गरेर सरकारसँग थप एक हजार ३३९ कर्मचारी नयाँ माग गरिएको छ । प्रत्येक १० वर्षमा कर्मचारीको सर्वेक्षण गर्ने भने तापनि विसं २०६२ यता सर्वोच्चमा हुन सकेको छैन । अहिले पाँच हजार कर्मचारी सर्वोच्च मातहतमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here