डोल्पामा यात्रुवाहक जीप ठूलो भेरीमा दुर्घटना हुँदा १० जनाको मृत्यु

65
डोल्पा जीप दुर्घटना

सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी त्रिपुराकोटका हेमराज हमाल, लक्ष्मी रोकाय, नरसिँह कठायत, शेरबहादुर थापा, अस्मिता रोकाय, बुध धराला, कुमार रोकाय, याम रोकाय, ठूलीभेरी नगरपालिकाका भद्र रोकाय र मनिषा धराला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेका जिल्ला अदालतमा कार्यरत अमिना बुढामगर नदीमा बेपत्ता रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा परी २ जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here