तिहारका बेला विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन

93
प्राधिकरण विद्युत व्यवस्थापन

नेपाल विद्युत् प्राधिकरणले तिहारका बेला विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ । नेपालीको महत्वपूर्ण चाडको समयमा विद्युत आपूर्तीलाई नियमित बनाउनका लागि कार्यालय नछाड्न निर्देशन दिइएको हो । राष्ट्रिय विद्युत् प्रणालीमा ठूला आयोजनाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै विद्युत् उत्पादन केन्द्र प्रमुखले संवेदनशील भइ कार्यसम्पादन गर्न प्राधिकरणले निर्देशन जारी गरेको छ । प्राधिकरणले संवेदनशील केन्द्रका प्रमुख, प्राविधिक कर्मचारीले तोकिएको कार्यालय तथा केन्द्र छाड्नै परे अनुमति लिएर मात्रै छाड्न, आवश्यक परेको खण्डमा उपलब्ध हुने गरी समय व्यवस्थित गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले तिहारलाई लक्षित गरी वितरण केन्द्र, ग्रीड विभागका कर्मचारीलाई २४ सै घण्टा खट्ने गरी परिचालन समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here