तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाईंदै

358
यमपञ्चक शुरु कुकुर तिहार

यमपञ्चक अर्थात तिहारको दोस्रो दिन आज कुकुर तिहार । आज घरघरमा कुकुरको पूजा गर्दै मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदैछ । यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका साथ आज कुकुरको पूजा गरिन्छ । शास्त्रहरुमा कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्गको यात्रामा समेत साथ दिएको उल्लेख छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्या समेत बढ्न थालेको छ । यसैबीच आजै नदी वा तलाउमा गई स्नान, तर्पण गरेर दक्षिण फर्काएर यमदीप बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here