जाजरकोटका लेकाली क्षेत्रबाट करोडौंको सेतो चिनी अनुमति बिना चोरी निकासी

182
जाजरकोट

जाजरकोटका लेकाली क्षेत्रबाट करोडौंको सेतो चिनी अनुमति बिना चोरी निकासी भएको छ । करोडौं मुल्यको मुल्यवान तथा लोपोन्मुख सेतो चिनी अवैध तवरले जिल्ला बाहिर निकासी हुँदा पनि सरोकारवाला निकाय भने वेखबर छन् । बारेकोट, कुशे, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाको लेकाली क्षेत्रमा पाइने बहुमुल्य सेतो चिनीको चोरी निकासी भएको छ । डिभीजन बन कार्यालय जाजरकोटको इजाजत विना नै सेतो चिनीको संकलन गरी निकासी गरिएको छ । जिल्लाको लेकाली क्षेत्रबाट मुल्यवान जडीबुटी सेतो चिनीको चोरी निकासी भएको स्थानीयको भनाइ छ । असोज पहिलो साता देखि अन्तिमसम्म ८ हजार बढिले विभिन्न लेकमा पुगेर ठुलो परिमाणको सेतो चिनी संकलन गरेका थिए । संकल गरेको सेतो चिनि लेकाली क्षेत्रबाट ब्यापारीले जुम्ला र डोल्पा जिल्लामा पुर्याएका छन । सेतो चिनी चोरी निकासी हुँदा लाखौं रुपैया राजश्व गुमेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here