रुकुम पश्चिमको त्रिबेणी गाँउपालिका स्थित श्रीमुतु खोलामा रहेका अधिकांश काठका साँघुहरु जिर्ण

112
रुकुम काठे पुल जीर्ण

रुकुम पश्चिमको त्रिबेणी गाँउपालिका वडा नं २ र ३ स्थित श्रीमुतु खोलामा रहेका अधिकांश काठका साँघुहरु जिर्ण भएका छन् । झोलुङ्गे पुल नहुँदा काठको साँघुबाटै खोला वारपार गरिरहेका स्थानीयलाई जीर्ण बनेका साँघुहरु जोखिम बनेका छन् । हिउँदमा जोखिम मोलेर भएपनि वारवार गर्ने गरेको तर बर्षातको समयमा एक घण्टाको पैदल हिडेर श्रीमुतु पुगेरै झोलुङ्ग पुल तर्नु पर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । झोलुङ्गे र पक्कि पुल नहुँदा विद्यालय जाने विद्यार्थीहरुलाई धेरै समस्या परिरहेको छ । खोलामा पुलको व्यवस्था गरिदिन स्थानीयले सरोकारवालालाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here