आईसीसी महिला विश्वकप टी–२० क्रिकेटको उपाधि अष्ट्रेलियालाइ

116
आइसिसी महिला विश्वकप फाइनल

आईसीसी महिला विश्वकप टी–२० क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा ईङ्ल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि  जितेको हो । १ सय ६ रनको लक्ष्य अष्ट्रेलियाले १५ दशमलव १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो । यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको ईङ्ल्याण्डले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो । ईङ्ल्याण्डले भारत र अष्ट्रेलियाले वेस्ट इन्डिजलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए ।