दाङको बेलझुण्डीमा रंगशाला शिलन्यास

49
को बेलझुण्डीमा

आगामी मंसिरमा हुने राष्ट्रिय खेलकुद प्रतियोगीताका लागी दाङको बेलझुण्डीमा खेलमैदान निर्माण सुरु भएको छ । मैदानको निर्माण कार्यको शिलान्यास सभामुख कृष्णवहादुर महराले गर्नुभएको छ ।

२४ करोड २४ लाख रुपियाँको लागतमा निर्माण हुने खेल मैदान स्थलमा सेन्थेटिक एथ्लेटिक्स ट्रयाक, भि आइ पी तथा साधारण प्याराफिट, फुटबल मैदान, भिआईपी सहितको चेञ्जीङ तथा बैठक कक्ष लगायतका संरचना निर्माण हुने छन् ।

निर्माण कार्यको शिलान्यास गर्दै सभामुख महराले वातावरण र भुगोलका हिसाबले नेपाल खेलकुदको हब बन्ने सम्भावना भएकाले त्यस तर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री जगतवहादुर बिश्वकर्माले निर्धारित समयमै प्रतियोगीताको आयोजना गर्नुको बिकल्प नभएकाले तयारीमा लाग्न सबैलाइृ आग्रह गर्नुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here