शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो चरणका खेलहरु आजबाट

82
ए डिभिजन फुटबल

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणका खेलहरु आजदेखि सुरु हुँदैछ । चौथो चरण अन्तर्गत पहिलो दिन आज तीन वटा खेलहरु हुने छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा लिगको चौथो स्थानमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लब र ९ अंक सहित दोस्रो स्थानमा रहेको संकटा बीच प्रतिस्पर्धा हुनेछ। यस्तै, एन्फा कम्प्लेक्समानै हुने दोस्रो खेलमा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्नेछन् । हाल सम्मको अक तालिकामा थ्री स्टार ६ अंक सहित पाँचौ स्थानमा छ भने एनआरटीले १ अंक मात्र बनाएको छ । यस्तै आजै हुने तेस्रो खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् । समान एक जित, एक हार र एक बराबरीको नतिजा निकालेका दुवै टोलीलाई उपाधि होडमा फर्कन आजको खेल महत्वपुर्ण छ । च्यासल ४ अंक सहित छैटौ स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा पुलिस सातौ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here