मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोजेका आप्रवासीहरुलाइ रोक्ने क्रममा सिमा नाकामा झडप

80
अमेरिका आप्रवासी

मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोजेका आप्रवासीहरुलाइ अमेरिकी सुरक्षाकर्मीहरुले बल प्रयोग गरी सिमा नाकामै रोकेका छन् । सयौंको संख्यामा आप्रवासीहरुले उत्तरी सिमा नाका प्रवेश गर्न खोजेपछी भएको झडपमा त्यहाँ खटिएका अमेरिकी सुरक्षाकर्मीहरुले अश्रु ग्यास प्रयोग गरेका छन् । झडपकै बीच केही आप्रवासीहरुले सिमा क्षेत्रमा लगाइएको पर्खाल चढेर अमेरिका प्रवेश गरेका छन् । आप्रवासीहरुको भीड बढेपछी अमेरिकाले मेक्सिको संगको सिमा नाकाबाट सबै किसिमका सवारी र यात्रुहरुको आवागमन समेत बन्द गराएको छ । छिमेकी होन्डुरस, ग्वाटेमाला र एल सेल्भाडोरबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि मेक्सिकोमा आएपछी सिमा क्षेत्रमा तनाव देखिएको छ । उनीहरु महिनौं देखि सिमा क्षेत्रमा बसिरहेका छन् । तर अमेरेकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुका सम्वन्धमा नयाँ नीति लिने जनाउदै त्यो जारी नहुँदासम्म प्रवेश नदिने बताउदै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here