चालू आर्थिक वर्षको तीन महीनामा नेपालको व्यापार घाटा करिब साढे तीन खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको आर्थिक तथा वित्तीय स्थितिमा कूल वस्तु व्यापार घाटा ४५ दशमलव ९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । समीक्षा अवधिमा निर्यातआयात अनुपात ६ दशमलव ४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ दशमलव ९ प्रतिशत थियो । चालू आवको तीन महीनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात वृद्धि ८ प्रतिशतको हाराहारी थियो । केन्द्रीय बैंकका अनुसार भारत र चीनमा निर्यात वृद्धि भएको छ । यसैगरी चालू आर्थिक वर्षको तीन महीनामा दुई खर्ब ४२ अर्ब रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । विप्रेषण आप्रवाह ३७ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो । यसैबीच अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ३६ दशमलव ७ प्रतिशतले घटेको छ ।
Latest article
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित विशेष समारोहबीच प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो कार्यक्रम शुभारम्भ गर्नुभयो ।...
विश्व रेडियो दिवस आज मनाईंदैछ
विश्व रेडियो दिवस आज मनाईंदैछ । विश्व रेडियो दिवसको यो वर्षको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । संयुक्त...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको छ । संघीय सरकारलाई बजेट उपलब्ध गराउन सांसदहरु...