त्रिभुवन आर्मी शहिद स्मारक ए डिभिजन लिग फूटबलको शीर्ष स्थानमा

91
ए डिभिजन फुटबल

शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज ब्रिगेड ब्वाइज र सरस्वति तथा मनाङ मर्स्याङ्दी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको खेल हुँदैछ । यसअघि हिजोभएका खेलमा त्रिभुवन आर्मि क्लब, नेपाल पुलिस क्लब र थ्रिस्टार क्लब विजयी भएका छन् । हिजोको पहिलो खेलमा आर्मिले संकटा क्लबलाइ १ का विरुध्द ५ गोलको फराकिलो अन्तरले पराजित गर्यो । आर्मिको लागी टेक बुढाथोकिलि २ तथा भरत खवास, सन्तोष तामाङ र दिनेश हेमजनले समान १-१ गोल गरेका थिए ।

यो जितसंगै आर्मी ४ खेलबाट ३ जित र १ मा बरावरी गर्दै १० अंक ल्याइ लिग तालिकाको शिर्ष स्थानमा उक्लीएको छ । हिजै भएको दोस्रो खेलमा थ्रिस्टारले न्युरोड टिम एनआरटिलाइ सुन्यका विरुध्द २ गोलले पराजित गर्यो । थ्रिस्टारको लागी विजय धिमाल र अजयी मार्टिनले दोस्रो हाफमा समान १-१ गोल गरेका थिए । जितपछि थ्रिस्टार ४ खेलबाट ९ अंक जोडी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यसैगरी हिजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाइ सुन्यका विरुध्द २ गोलले पराजित गर्यो । पुलिसको लागी भरत शाह र रवी पासवानले समान १-१ गोल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here